११ साउन, एजेन्सी ।

अष्ट्रेलियाको सिड्नीमा रहेको एक अस्पतालमा अक्सिजनको सट्टा विषाक्त लाफिङ ग्यास दिँदा एक शिशुको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भारतले हार्‍यो १ खर्व ७ अर्वको मुद्धा

बैंक्सटाउन लिडकोम्ब अस्पतालमा शिशुको अचानक मृत्यु भएपछि डाक्टरले मृत्युको कारण पत्ता लगाएका हुन् ।

australia hospital

चिकित्सकहरुको लापरवाहीका कारण बच्चालाई अक्सिजनको साटो नाइट्रस अक्साइड ग्यास दिएका थिए । न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री जिलियन स्कीनरले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको जाँच गर्न आदेश दिएका छन् ।

६ महिनाको अवधिमा प्रचण्ड कसरी भारततर्फ मोडिए !

उनले सबै मेडिकल ग्यास लाइनको परीक्षण गर्न आदेश दिएका छन् । अस्पतालमा जडान गरिएको ग्यास लाइन ग्यास कम्पनी बिओसी लिमिटेड र अस्पतालले प्रमाणीकरण गरेका हुन् । न्यू साउथ वेल्सका कानुनी काउन्सीलले घटनाबारे स्पष्टिकरण मागेको बीबीसीले जनाएको छ ।