३ भदौ, काठमाडौं ।

अण्डर १९ साफ च्याम्पियनसिप फुटबल अन्तगर्त पहिलो खेलमा विहीबार नेपालले भुटानमाथि ३-१ गोल अन्तरको जित निकालेको छ ।

एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपालले ३-१ को जित हासिल गरेको हो ।

नेपालका लागि तीनै गोल गर्दै कम्तान विमल घर्ती मगरले ह्याट्रिक गरे ।

Bimal Gharti after goal score

बिमलले खेलको १० औं र २९ औं मिनेटमा र अन्तिम गोल ६१ औं मिनेटमा गोल गरे । नेपालले पहिलो गोल गरेको एक मिनेटमै भुटानले खेल बराबरी गरेको थियो ।