३१ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि काम गर्न नसकेको बताएका छन् । संविधानको कार्यान्वनको लागि राष्ट्रिय एकता खाँचो रहेको बताउदै उनले विवाद र सहमझदारीलाई सहमति र पारस्परिक विश्वासको साथ टुंगो लगाउने बताएका हुन् ।

सरकारलाई म्यादी भनिएकोमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘स्थीरता स्थायीत्व र आवधिक सरकारको विषयमा म्यादी भनिएको छ। लोकतन्त्रमा समय समयमा जनतामा निर्वाचनका लागि जानुपर्छ। अर्को निर्वाचन सम्म यो सरकार म्यादी नै हो” ।

PM KP oli speaking samsad

व्यवस्थपिका संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममामाथि उठेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भुकम्पपछिको पुर्ननिर्माणको कामलाई तिब्रताको साथ अगाडि बढाउने बताए । भुकम्पपछिको पुननिर्माणमा पारदर्शीता अपनाउन सरकारले बैकिङ्ग प्रणाली अलबम्बन गर्न लागेको बताउदै उनले भने,‘पुर्ननिर्माण र ढिलासुस्ती भए सरकारले कडा कारवाही गर्छ । ’

नेपालसँगको तनावबाट भारत कसरी बाहिर आउला – नवभारत टाइम्स

स्थानीय निकायको निर्वाचन गर्न ढिला भइसकेको बताउदै प्रधानमन्त्री ओलीले निर्वाचन अघि सीमाकंन टुंगा लगाउनु पर्ने माग भएपनि पहिलो प्राथमिकता स्थानीय निकायको निर्वाचन नै भएको बताए ।

चीनबाट नेपाल हिँडेको रेलमा हतियार – भारतीय मिडिया

स्थानीय तहको पुनसंरचना गर्नको लागि केही समय लाग्ने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरुको उपस्थिति विना भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती र विकास निर्माणले गति लिन नसक्ने बताए ।

ओली सरकार ढाल्ने यस्तो छ , देउवाको ‘सुपर प्लान बी फर्मूला’

आगामी मंसिरभित्रमा स्थानीय निकायको निर्वाचन गराउनको लागि कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको र निर्वाच्न आयोगले मागको स्रोत साधन उपलब्ध गराउने सरकार प्रतिबद्ध छ, प्रधानमन्त्रीले भने । विस्कृत शान्ति सम्झौताको काम पूरा भएको बताउदै उनले शान्ति सम्झौताको बाँकी काम सत्य निरुपण तथा वेपत्ता खोजविन आयोग मार्फत टुंगो लाग्ने बताए ।