काठमाडौं । हेडलाइन्स वाच ।

चीनले नेपालका लागि रेल सेवा शुरु गरेपछि भारतीय मिडियामा तीव्र प्रतिक्रिया देखिएको छ । मंगलबार मात्र चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा राखिएको रातो ब्यानरमा “दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चोउ-सिगात्से-काठमाडौं” लेखिएको छ ।

फ्रास्ट ट्रयाक हत्याउन भारतीय एजेण्ट काठमाडौमा, को-को बने मतियार ?

चीनको पिपुल्स डेलीका अनुसार रेलका ४३ वटा डिब्बाले ८६ वटा कन्टेनर बोकेका छन्। त्यसमा दैनिक उपभोग्य सामग्री रहे पनि विवरण उपलब्ध छैन। रेलले २ हजार ४ सय ३१ किलोमिटर यात्रा तय गरी सिगात्से पुग्नेछ। त्यहााबाट केरुङसम्म ५ सय ६५ किलोमिटर र केरुङबाट काठमाडौंसम्म १६० किलोमिटरको सडकमार्ग तय गर्नेछ।

china to nepal rail 132361515

लान्झाउबाट हिँडेको रेलको धक्का भारतीय मिडियामा पनि सुनिएको छ । कतिपय विश्लेषकहरुले रेलको सिठी दिल्ली सम्म सुनिएको पनि भनेका छन् ।

चीनबाट काठमाडौंको लागि गुड्यो रेल, १० दिनमा ८६ कार्गो काठमाडौँ आइपुग्ने

भारतसँग सम्बन्ध झनै तिक्ततापूर्ण बनिरहेको समयमा चीनबाट नेपाल रेल आउने समाचारले भारत झस्किएको छ । त्यसको तरंग भारतीय मिडियामा देखिएको छ । भारत विरुद्ध आक्रामक प्रस्तुत हुँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सम्झौता बमोजिम चिनियाँ रेल आउन लागेको भन्दै भारतीय मिडियाले यसलाई चीनको रणनीतिक चाल समेत भनेका छन् ।

China Nepal Rail Indian Media 4

भारतीय सञ्चार माध्यम न्यूज २४ ले भने चीनले एकातिर नेपाल र अर्कोतिर कश्मिरको विषयबाट पाकिस्तानलाई उचालेर भारतलाई घेराबन्दी गरिरहेको भनेको छ । चीनले मालसामान मात्र नभएर नेपाल आउने रेलमा हतियार समेत पठाउन सक्ने उक्त सञ्चार माध्यमको आशंका छ । नेपाललाई युद्धको सक्षम बनाउनका लागि चीनले हतियार आपुर्ति गर्न सक्ने र यसले भारतलाई समस्यामा पार्न सक्ने न्यूज २४ को दावी छ ।

China Nepal Rail Indian Media 5 भारतमाथि एकल निर्भर रहेको भूपरिबेष्ठित देश नेपाललाई लक्षित गर्दै चीनले १ महिना भन्दा बढी समय घट्ने गरी रेल तथा रोड संयुक्त सेवा शुरु गरेको भारतीय मिडियाको बुझाइ छ । भारतको सरकारी सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इण्डियाले समेत चीनबाट नेपाल रेल हिँडेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

चीनको सल्लाहमा प्रचण्डको यू-टर्न- हिन्दुस्तान टाइम्स

China Nepal Rail Indian Media 3

चीनको पछिल्लो कदमले काठमाडौं तिब्बतको रेल सञ्चालमा जोडिन सहज बनेको समेत भारतीय मिडियाको बुजाइ छ । यो प्रयासले नेपालको भारतमाथि रहँदै आएको निर्भरता पनि महत्वपूर्णरुपमा कम हुने चिन्ता भारतीय मिडियामा देखिन्छ ।

China Nepal Rail Indian Media 2

ओलीको चीन भ्रमणका क्रममा चीनले नेपालमा रेल सञ्जाल जोड्नका लागि अध्यन गर्ने प्रतिबद्धता जनाएको भन्दै भारतीय मिडियाले भारतले लगाएको नाकाबन्दीको प्रतिक्रिया स्वरुप यस्तो भएको समेत भनेका छन् ।

China Nepal Rail Indian Media 1

नेपालको संविधानलाई समर्थन गरेको चीन आक्रामकरुपमा नेपाल भित्र प्रवेश गरिरहेको समेत कतिपय भारतीय मिडियामा चिन्ता देखिन्छ ।

China Nepal Rail Indian Media

दैनिक जागरणले यो कदम भारतको हित विरोधी भनेको छ । भारतसँग सम्बन्ध विग्रेपछि नेपालले चीनलाई विकल्प बनाएको र चीन र नेपालको सम्बन्ध मजबुद हुँदै गएको उक्त पत्रिकाको टिप्पणी छ ।

सगरमाथा मुनी सुरुङको हल्ला

यस अघि नै भारतीय मिडियाले चीनले माउण्ट एभरेष्ट अर्थात सगरमाथाको मुनीबाट सुरुङ खनेर नेपालमा रेल ल्याउन लागेको समाचारलाई सनसनी बनाएका थिए । तर चुपचाप काम गर्ने चीनले भने नेपालले समेत चाल नपाउने गरी वृहत रेल – रोड संयुक्त पारवाहन सेवाको अवधारणा अघि सारेको हो । चीनले नेपालमा उपस्थिति बढाएर भारतलाई घेर्ने षडयन्त्र अन्तर्गत नेपालमा रेल ल्याउन लागेको समेत भारतीय मिडियाले भन्दै आएका छन् ।

China Surung in Nepal Indian Media

कतिपय मिडिया रिपोर्टमा चीनले भारतलाई चारैतीरबाट घेर्दै गरेको र पाकिस्तान, म्यानमार पछि अव नेपालमा समेत पसेको भनिएको छ । केही समय अघि प्रसारित एक टिभी रिपोर्टमा चीनले चीनले नेपाल प्रवेशका लागि भित्री सुरुङ खनिरहेको र छिट्टै चिनियाँ सेना नेपालमा तैनाथ हुने दावी समेत गरिएको थियो ।

Indian media on china rail in Nepal 1

यो रिपोर्ट भन्छ चीनले नेपालसँग रेल जोड्ने मात्र तयारी गरेको छैन नपालमा स्पेसल इकोनोमिक जोन SEZ समेत बनाउँदैछ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन सघाउन इच्छुक देखिएको चीनले काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र SEZ बनाउन लागेको समेत यो रिपोर्टमा उल्लेख छ ।