१७ बैशाख, एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढल्न पनि सक्ने संकेत गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा बोल्दै प्रधानमन्त्रीले लोकतन्त्रमा सरकार आउने जाने कुरा सामान्य भएकाले आफ्नो सरकार पनि सँधै नरहने बताए ।

BIG News नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै

आगामी बजेट आएपछि धेरै मान्छे आत्तिने दावी गर्दै ओलीले मनमोहन अधिकारीको सरकार पछि आफ्नो सरकारले सबैभन्दा राम्रो बजेट ल्याउने दावी पनि ओलीले गरेका छन् ।

KP Oli New pm

ओलीले मधेश लगायतका समस्या समाधानबारे छलफल गर्न आफूले शनिबार सर्वदलीय बैठक बोलाएको जानकारी दिँदै बैठकले सबै कुरामा छलफल गर्ने पनि बताए ।

प्रधानमन्त्री ओली धरानमा नेकपा (एमाले)को सातौँ धरान नगर अधिवेशन समारोह उद्घाटनका लागि धरानस्थिन भानुचोक पुग्ने कार्यक्रम रहेको छ । उनले हालै उपमहानगरपालिका बनेको धरान क्षेत्रको पार्टीको नयाँ संरचना अनुसारको पार्टी नेतृत्व छनोटका लागि हुन लागेको अधिवेशन उद्घाटनपछि दिउँसो डेढ बजे जिल्ला प्रशासन कार्यालय इनरुवामा कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पनि प्रजिअ चापागाईंले जानकारी दिए ।

वर्तमान सरकार असफल भएको लाजिम्पाट बैठकको निष्कर्ष

जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखलाई सरकारको नीति तथा कार्यक्रमका विषयमा निर्देशन दिएपछि प्रधानमन्त्री ओली आजै नेकपा (एमाले) सुनसरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।

सो कार्यक्रममा राप्रपा (नेपाल)का नेता रमेश श्रेष्ठसहितलाई नेकपा (एमाले) प्रवेशमा स्वागत गरेर प्रधानमन्त्री ओली आजै अपराह्न राजधानी काठमाडौँ फर्कने कार्यक्रम रहेको नेकपा (एमाले) सुनसरी अध्यक्ष द्वारिकालाल चौधरीले जानकारी दिए ।