१७ बैशाख, काठमाडौं ।

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार प्रभावकारी बन्न नसेकको भन्दै एमाओवादी बैठकले राष्ट्रिय एकताका लागि गम्भिरुपमा छलफल बहस चलाउने निर्णय गरेको छ ।

राष्ट्रिय एकताका लागि सबै पक्षसँग छलफल गर्ने निर्णय पार्टी बैठकले गरेको जानकारी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

Lazimpat mahara

सरकार राजनीतिक समस्या समाधानका लागि चुकेको निष्कर्ष निकाल्दै राष्ट्रिय एकताका लागि एमाले-कांग्रेस सहित मधेशवादी दलहरुसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले संविधान कार्यन्वयन गर्न प्रमुख राजनीतिक पार्टी सहित असन्तुष्ट दलहरुसँग छलफल गर्ने निर्णय गरेको जानकारी पनि महासचिव महराले दिए ।

BIG NEWS नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै

पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले पार्टीबाट छुट्टिएर बनेका सबै घटकसँग पार्टी एकिकरणका लागि सबै माओवादी घटकसँग घनिभुत छलफल चलाउने निर्णय पनि गरेको उनले बताए ।

हिजोको बैठकमा पार्टी एकीकरणका आधार र अहिलेसम्म भएका छलफलबारे प्रारम्भिक समीक्षा भएको थियो । स्थायी समिति बैठकमा सरकारमा पार्टीको भूमिका, नयाँ बजेटको तयारी, मधेस केन्द्रित दलको आन्दोलन लगायतका विषयम पनि छलफल भएको थियो ।

सुष्मा स्वराजले देउवालाई सोधेको सबैभन्दा जटिल प्रश्न

एमाओवादीले राष्ट्रिय एकताको सरकारका लागि वर्तमान सरकार विस्थापित गर्ने स्तर सम्म जाने संकेत गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भारतबाट फर्किए लगत्तै भएको एमाओवादीको निर्णयले ओली सरकारलाई भने झट्का लाग्ने देखिएको छ ।