एजेन्सी।

आजको युग प्रविधिको युग र आजभोली सबै प्रविधि एक-आपसमा जोडिएका हुन्छन् मतलब थरी-थरीका प्रविधिहरू पनि एक-अर्कासँग अन्तर्क्रिया गरिरहेका हुन्छन्। प्रविधिकै बजारमा पेरिसका एक उद्दमी ‘क्लिमेण्ट गीलट’ले एक नयाँ छाता- ‘उम्ब्रेला’को आविष्कार गरेका छन्, जसले कतै बाहिर जान लागेको बेला अथवा बाटोमा हिँडिरहेको बेला पानी पर्छ या पर्दैन सूचना दिने गर्दछ। त्यति मात्रै होइन, यदि घरमै छाता बिर्सिएर अलि पर पुग्यो भने त्यसले ‘मलाई पनि लिएर जाऊ’ भन्दै मोबाइलमा नोटिफिकेसन पठाउँछ।oombrella- Smart Umbrella (1)

क्लिमेण्टले यस स्मार्ट छाताको सुरुवाती मूल्य ७५ डलर निर्धारण गरेको छ। तापनि, यस उम्ब्रेलाले आफूलाई ७५ डलरको योग्य बनाउने सक्दो प्रयास गरेको छ। यसलाई ‘केभलर’ले सुरक्षा गरेको छ, जसको कारण चर्को आँधिहुरी तथा हावाले पनि यसलाई बङ्गाउन अथवा भाँच्न सक्दैन। यसको टुप्पामा सेल्फी क्यामेरा पनि जडान गरिएको छ, जसबाट सजिलै सेल्फी लिन सकिन्छ र फोटोहरू प्रयोगकर्ताको मोबाइलमा सेभ भएर बस्दछ।

oombrella- Smart Umbrella (2)उम्ब्रेलाको छडिमा राखिएको सानो ‘चिप’ले नै यसलाई विशेष छाता बनाएको हो। यो सानो चिप आफैमा ‘मिनी मौसम विवरण केन्द्र’ हो, जसले वातावरणको तापक्रम, चाप तथा चिसोपना नाप्न सक्दछ। यी सबै डाटाहरू (फोटो तथा मौसमी डाटा) लाई ब्लुटूथबाट स्मार्टफोनको एपमा पठाउँछ र स्मार्टफोनबाटै विभिन्न किसिमका कार्यहरू गर्न मिल्दछ।The Smart Umbrella You Will Not Forget

उम्ब्रेला बनाउने कम्पनीको आफ्नै मौसम विवरण प्लाटपर्म छ- Wezzoo जसको करीब २ लाख प्रयोगकर्ताहरू छन्। उम्ब्रेलाको स्मार्टफोन एपले सोहि सिस्टमको मद्दतबाट पानी पर्नुभन्दा १५ मिनेट पहिले नै प्रयोगकर्ताहरूलाई जानकारी दिन्छ। यदि कसैले घरमै छाता बिर्सेर गयो भने अलि पर पुग्नेबित्तीकै त्यसले उसको स्मार्टफोनमा “Forget me Not!” भनेर नोटिफिकेशन पठाउँछ।

हेर्नुहोस्, oombrella को भिडियो:-

यो पनि हेर्नुहोस्-
यो सानो सिसाले ३६० टेराबाइट डाटालाई १३ अर्व वर्षसम्म स्टोर गरेर राख्न सक्दछ
फेसबुक म्यासेन्जरमा नयाँ सुविधा- भिडियो च्याट हेड
ब्ल्याकबेरीले यो वर्ष दुई मध्यम-वर्गीय एण्ड्रोइड फोन निकाल्ने
एकपटक चार्ज गरेपछि दुई दिनसम्म निरन्तर टिकिरहने स्मार्टफोन नेपाली बजारमा सार्वजनिक