२१ कात्तिक, काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीच दोस्रो चरणको छनौट खेल भुटानमा हुने भएको छ ।

यहि मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल रंगशाला तयार भइनसकेकाले भुटानमा हुने भएको हो । एन्फाले दशरथ रंगशालामा खेल संचालनका लागि फिफा र एएफसीसँग गरिएको प्रस्ताव अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला तयार हुन नसकेकाले सारिएको एन्फाका प्रवक्ता किरण राइले जानकारी दिए ।