एजेन्सी ।

बलिउडको बहु चर्चित प्रेमी जोडी क्याट्रिना कैफ र रणबीर कपुरको ब्रेकअपको मुद्धा अव पारिवारिक बनेको छ । बलिउडमा चर्चा बनिरहेको यो विषयमा अव क्याट्रिनाको लण्डनमा बस्ने परिवार पनि तानिएको छ ।

रणबीर कपुरकी आमा अर्थात बलिउड अभिनेत्री नीतु कपुरलाई क्याट्रिनाकी आमा सुजैन टर्क्वोटले फोन गरेर छोरा रणबीरलाई सम्झाउन सुझाव दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

katrina ranveer moms 1

उनले रणबीर र क्याट्रिनाको सम्बन्ध टुट्नबाट बचाउन आग्रह गर्दै फोन गरेको सञ्चार मध्यमले जनाएका छन् । यद्यपी नीतु कपुर भने क्याट्रिना र रणबीरको सम्बन्धलाई लिएर शुरु देखि खुशी नरहेको चर्चा चल्दै आएको छ ।

katrina ranveer moms 2

भारतीय मिडिया रिपोर्टका अनुसार क्याट्रिनासँग बस्ने गरेको मुम्बइको कार्टररोडस्थित फ्ल्याट समेत रणबीरले छोडिदिएका छन् । क्याट्रिना र रणबीरबीच केही वर्ष यता लिभइन रिलेसन चलिरहेको थियो ।

ब्रेकअपको प्रश्न सोध्नेलाइ क्याट्रिनाको जवाफ

क्याट्रिनाले भनिन्- मनको कुरा चिच्याएर सबैलाई भन्न मन छ

मध्यरातमा सलमानलाई भेट्न किन गइन् क्याट्रिना

नीतु कपुरले क्याट्रिनासँग विहे गर्ने रणबीरको चाहानालाई अस्वीकार गरेपछि उनीहरुको ब्रेकअप भएको समेत चर्चा चलेको छ ।