२० मंसिर, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्किने कि नफर्किने भन्ने कुरा भविष्यले निर्धारण गर्ने बताएका छन् ।

विधानबारेका भ्रम चीर्न सरकारले चलाउन लागेको देशब्यापी अभियानबारे जानकारी दिन संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो बताएका हुन् ।

दिल्लीबाट फर्केपछि ओली र कमल थापाको टकराव !

भारत गएर फर्केका कमल थापाले हिन्दु राष्ट्र फर्काउने भित्री डिल गरेर फर्केको चर्चा चलिरहेको समयमा कमल थापाले बोलेको कुरालाई महत्वका साथ हेरिएको छ ।

Kamal Thapa Speaking

फाइल तस्विर

संविधानकोबारे रहेको भ्रम चिर्न सरकारले शुरु गर्ने अभियान भोली विहान ८ बजेर ३० मिनेटमा प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने जानकारी कमल थापाले दिएका छन् । उनले जनताको ‘नेपालको संविधान जनताको संविधानःसंविधान जनताकै माझमा’ भन्ने अभियान अन्तर्गत सदरमुकाममा प्रधानमन्त्री देखि मन्त्री सम्मको उपस्थितिमा कार्यक्रम गर्ने र जिल्ला देखि गाविसतह सम्म स्थानीय नेता कार्यकर्ताले यसको नेतृत्व गर्ने बताएका छन् ।

कमल थापासँग भारतको भित्री शर्तः हिन्दु राष्ट्र पुनर्स्थापना

कमल थापाले मधेशी मोर्चासँगको राजनीतिक सहमति छिट्टै हुने दावी पनि गरेका छन् । उनले चाहेर भएर वा नचाहेर मुलुक संघीयतामा गैसकेका कारण अव यसबाट फर्किन नसकिने कमल थापाले बताए । यद्यपी आफ्नो पार्टीले अडान राखेको हिन्दु राष्ट्र र राजतन्त्रको भविष्यबारे समयले धेरै कुरा बताउने रहस्यमय जवाफ दिए ।

राप्रपा नेपालको नेताकोरुपमा कुरा गर्दा फरक हुने भएपनि यो सरकारको उपप्रधानमन्त्रीकोरुपमा मात्र भनाइ राखेको उनले बताएका थिए । स्थानीय निकायकको चुनाव गर्नका लागि मन्त्रालयले तयारी गरिरहेको जानकारी पनि उनले दिए । यसका लागि मन्त्रालयको योजना छिट्टै सार्वजनिक गरिने उनले बताए ।