८ मंसिर, काठमाडौं ।

नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नि शैलकुमारी देवी आक्रमणमा परेकी छिन् । पार्टीबाट समानुपातिक सांसद रहेकी महतोमाथि सर्लाहीको फुलझोरमा आक्रमण हुनुका साथै गाडीमा तोडफोड भएको हो ।

राजेन्द्र महतोलाई स्थानीयबासीले झण्डै कुटेनन्

उनी गाडीबाट ओर्लेको समयमा गाडीमा आक्रमण भएका कारण उनलाई कुनै चोटपटक लागेको छैन । चुरे भावरका कार्यकर्ताले उनको गाडी तोडफोड गरेको आरोप सदभावनाका स्थानीय नेताहरुले लगाएका छन् ।

यस अघी चुरे भावर पार्टीले मधेशमा सडक अवरोध गर्नेहरुको प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

नेपाली सेनालाई राजेन्द्र महतोको आग्रह- मधेशी जनता पनि नेपाली जनता हुन्

यस अघि नेपालमाथि भारतले मात्र नभएर विश्वले नकाबन्दी लगाउनु पर्ने अभिब्यक्ति दिएपछि सद्भावना पार्टीका नेता राजेन्द्र महतोमाथि पनि आक्रमणको प्रयास भएको थियो । बाराको सिमरामा यस्तो अभिब्यक्ति दिए लगत्तै स्थानीय बासिन्दाले उनलाई झण्डै कुटेका थिए ।