२४ मंसिर, काठमाडों । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक मान्नैपर्ने बाध्यता नभएको निश्कर्ष निकालेको छ।

सोलिडारिटी कप जित्ने खेलाडीलाई ३ लाख दिने एन्फाकाे घाेषणा

संसद भवन नयाँ बानेश्वरमा आज बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निश्कर्ष निकालेको हो । प्रस्ताव दर्ता गर्नुअघि आफूहरुसँग छलफल नगरेको भन्दै असन्तुष्टि पोख्दै आएको राप्रपाले प्रस्ताव मान्नै पर्ने बाध्यता नरहेको प्रष्ट पारेको हो । सरकारका निर्णयलाई साथ दिने भन्दै त्यस्ता निर्णय आफ्नो दलसँग पनि परामर्श गरिएको हुनुपर्ने राप्रपाको माग छ ।

संसोधनको विपक्षमा १ तिहाइ सांसदको विज्ञप्ति निकाल्ने एमालेको तयारी

राप्रपाले यसअघि संसोधन प्रस्तावलाई थाती राखेर तत्काल चुनावको मिति घोषणा गर्न माग गरेको थियो । यसैगरी दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीलाई प्रतिमहिना ३० हजार र सांसदहरुबाट २१ हजार रुपैयाँ लेवी उठाउने निर्णय पनि गरेको राप्रपाले जनाएको छ ।