२४ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी सोलिडारिटी कप फुटबल बिजेता राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

संसोधनको विपक्षमा १ तिहाइ सांसदको विज्ञप्ति निकाल्ने एमालेको तयारी

एन्फाको आज बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । मलेसियामा झण्डै एक महिना अघि भएको प्रतियोगिताको फाइनलमा मकाउलाई शून्यका विरुद्ध एक गोलले हराउँदै नेपालले उपाधि जितेको थियो । यस्तै बैठकले बरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्ष मणि कुवँरलाई मनोनित गरेको छ भने खाली रहेको उपाध्यक्ष पदमा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष बीरबहादुर खड्कालाई मनोनित गरेको एन्फाले जनाएको छ ।

nepal-v-macau-afc-solidarity-cup-final

यस्तै एशियाली फुटबल महासंघ एएफसीको लाइसेन्सिङ मापदण्ड अनुसार ए डिभिजन लिग संचालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । लिग सञ्चालनको खाका तयार पार्न एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, विकास निर्देशक सञ्जिव मिश्र, प्रतियोगिता प्रमुख रत्न कुमार श्रेष्ठ र प्रशासन प्रमुख गोकुल थापा रहेको समिति पनि बनाइएको छ ।

फिफा र एएफसीले सन् २०१८ सम्म सबै सदस्य राष्ट्रका क्बलमा लाइसेन्स प्रणाली लागू गर्ने नीति लिए अनुरुप नेपालमा पनि प्रक्रिया अघि बढाइएको हो ।