४ चैत, काठमाडौं ।

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कांग्र‍ेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र पौडेलले आज पत्रकार सम्मेलन गर्दै गरिबी मन्त्रालय र बोर्डबीच समन्वयकारी भूमिका हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै बुधबार सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीसामु राजीनामापत्र बुझाएको जानकारी दिए ।

chintan paudel ramchandra son

उनले भने – “मलाई तत्कालीन सरकारले कार्यकारी अधिकार दिएर बोर्डमा सिफारिस गरेर पठाएको हो तर मेरो काम बिना कार्यकारी भयो । मैले उक्त पदमा बस्न उचित ठानिनँ । त्यसैले राजीनामा दिएको हुँ ।”

कांग्रेस संसदीय दलको नेतामा देउवा कि पौडेल ?

भारतले चीनसँगको सम्झौता रोक्न खोज्यो- विजुक्छे

पौडेलले आफ्नो कार्यकालमा देशभरका २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरी नामावली प्रकाशन, पहिचान भएका घरको बारेमा गुनासो भए सोको सुनुवाइ, गरिबलाई स्माट कार्ड दिने निर्णय जस्ता महत्वपूर्ण काम भएको बताए ।

पौडेल २०७१ कात्तिक २४ को मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको कार्यकारी उपाध्यक्ष भएका थिए । शेरबहादुर देउवाले आफ्ना पिता रामचन्द्र पौडेललाई पराजित गरेपछि चिन्तनको राजिनामा आएको छ ।