एजेन्सी।

प्रविधिको बजारमा धमाधम नयाँ-नयाँ स्मार्टफोनहरूको ओइरो लाग्ने क्रममा प्रविधिकै विशाल कम्पनी एप्पलको नयाँ आइफोन ७ प्लसको तस्विर लिक भएको छ। लिक भएको तस्विरले फोनमा भएको सबैभन्दा ठूलो विशेषताको बारेमा सुनिश्चित गरेको छ।

नयाँ आइफोनका तस्विरहरू चीनका फोरम वेबसाइटहरूमा भाइरल हुन गएको छ तर यसको बारेमा कुनै आधिकारिक पुष्टि भने हुन सकेको छैन।iphone

आइफोन ७-प्लस वा आइफोन ७-प्रो का तस्विहरूमा पहिलेको भन्दा अलि लामो क्यामेरा स्लट देख्न सकिन्छ, जसले डुअल-क्यामेरा लेन्स भएको सङ्केत गर्दछ। यो भन्दा पहिले पनि आइफोन ७-प्लसको गोप्य क्यामेरा प्रोजेक्टको बारेमा खुलासा भएको खबर आएको थियो। सो खबरका अनुसार एप्पल कम्पनीले आफ्ना आइफोनहरूमा क्यामेराको गुणस्तरलाई नयाँ सिँढिमा उकाल्नको लागि डुअल-क्यामेराको खरीद गरेको थियो।iphone-7-leaked-bastille

तर, यो डुअल क्यामेरा आइफोन ७-प्लसमा मात्रै राखिने हो कि त्योभन्दा सानो आइफोन ७ मा पनि राखिन्छ भन्ने कुरा प्रष्ट हुन सकेको छैन। खबरका अनुसार, यो प्रविधि आइफोनको विशेष भर्जन- आइफोन ७-प्रो मा मात्रै हुने, जुन आइफोन ७-प्लसकै अपग्रेडेड भर्जन भएको अनुमान गरिएको छ।

तस्विरमा आइफोन ७-प्लसको डिजाइन आइफोन ६ को जस्तै भएको तर त्यसको चार कुना अलि बढि घुमाउरो भएको देख्न सकिन्छ। साथै आइफोन ६ र ६-एसको पछाडि पट्टि भएको एण्टेना लाइन भनेको हटाइएको छ।

यो पनि हेर्नुहोस्-
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
एप्पलले आधिकारिक रूपमै मार्चमा हुने कार्यक्रमको घोषणा गर्यो, जहाँ नयाँ ४-इन्चको आइफोन र आइप्याडको लञ्च हुनेछ
‘आइफोनमा एप बन्द गरेर चार्ज ढिलो सिद्धिने होइन’
आइफोन ५-एस को मूल्य ५०% ले घट्ने- रिपोर्ट
४-इन्चको नयाँ आइफोन-५एसई को मूल्य सार्वजनिक