४ भदौ, एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा पाइलटसहित तीनजनाको मृत्यु भएको छ । निजी कम्पनीको उक्त हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा राहत सामग्री लिएर पुगेका थिए । हेलिकोप्टर राहत सामग्री लिएर मोल्दी गएको थियो । त्यहाँबाट फर्कदैँ गर्दा दुर्घटना भएको हो ।

बाढीको राहतको कामको लागि भारत–तिब्बत सीमा पुलिसको जवानहरुले हेलिकोप्टरको दुर्घटना भएको देखेका थिए । उत्तरकाशीमा आएको बाढीका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।