१९ माघ, काठमाडौं ।

भारतकीय अण्डर १९ क्रिकेट टिमका कोच पूर्व क्रिकेटर राहूल द्रबिडले नेपाली खेलाडीलाई समेत सल्लाह सुझाव दिएको विषयमा भारतीय मिडियामा चर्चा भएको छ ।

राहुलले नेपाली खेलाडीको खेलको प्रशंसा गर्दै कतिपय कुरा सुधार गर्न सुझाव दिएका छन् । ठूला टिमका विरुद्ध १६० वा १७० जस्तो लक्ष्य राम्रो लक्ष्य नभएको भन्दै उनले नेपाली ब्याट्सम्यानहरुलाई रोटेट स्ट्राइकको प्रयोग गर्न सुझाव दिएका छन् ।

भारतीय युवा क्रिकेटरको दावी- नेपाली कप्तान २४ वर्ष भन्दा माथि

नेपालले २२० वा २२५ रनको लक्ष्य दिएको भए भारतीय खेलाडी यसरी खेल्न नसक्ने समेत उनले नेपाली खेलाडीहरुलाई बुझाएका थिए ।

Rahul dravid

भारतसँग नेपाली टिम हारेपछि नेपाली टिमले राहुलसँग अन्तरक्रिया गर्ने इच्छा देखाएको टाइम्स अफ इण्डियाले जनाएको छ । नेपालका अलराउण्डर आरिफ शेखले आफूहरुलाई द्रबिडले रोटेट स्ट्राइकको महत्व बुझाएको जानकारी दिएका छन् ।

भारतसँग नेपाल पराजित हुनुका ४ कारण

द्रबिडले नेपाली खेलाडीहरुलाई ब्याटिङ गर्दा रोटेटिङ स्ट्राइकको महत्व बुझाएका थिए । पोष्ट म्याच सेरिमोनीमा द्रविडले नेपाल मात्र नभएर पाकिस्तानी टिमको पनि कुरा गरेका थिए ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड