२४ साउन, एजेन्सी । भारतको मणिपुर राज्यका मुख्यमन्त्रीले एक ९ वर्षीय बालिकालाई ‘मुख्यमन्त्री ग्रीन मणिपुर मिशन’को एम्बेस्डर बनाएका छन् ।

राज्यको काकचिंग जिल्लामा सडक विस्तारको क्रममा एलंगबामको रुख काटेपछि बालिका जोडले रुन थालिन् । बालिका रोएको भिडियो भाइरल भएर मुख्यमन्त्रीसम्म पुगेपछि मुख्यमन्त्रीले बालिकालाई ग्रीन एम्बेस्डर बनाउने निर्णय लिएका हुन् ।

उनले यो मानिसहरुको लागि एउटा उदाहरण बनेको बताए । साथै उनले आफूले बालिकालाई प्रत्यक्ष रुपमा भेट्ने निर्णय गरेका छन् ।