२४ साउन, काठमाडौं । भीषण आलागीपछि बन्द रहेको सुविसुको सेवा पुनः सुचारु भएको छ ।

बुधबार दिउँसो सवा १२ बजे लागेको आगोका कारण अवरुद्ध रहेकमो सुबिसुको सेवा बिहीबार बेलुकीदेखि सञ्चालनमा आएको हो ।

थापाथलीमा रहेको बैकल्पिक डाटा सेन्टरबाट आगलागी भएको २४ घण्टाभित्रै सेवा सुचारु गर्न सफल भएको सुबिसुले जनाएको छ । सुबिसुका अनुसार अहिले ९० प्रतिशत ग्राहकहरुको सेवा सुचारु गरिएको छ ।

सुविसुले २०७२ सालको भूकम्पपछि थापाथलीमा डिजास्टर रिकभरी सेन्टर स्थापना गरेको थियो । अझैपनि केही ग्राहकहरुको सेवा सुचारु नभएकोले २४ घण्टाभित्र सम्पूर्ण सेवा पुरानै रुपमा सञ्चालन गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।