काठमाडौं ।

डान्स गर्ने उनको सानैदेखिको रुची । स्कुलहरुमा डान्स प्रतियोगिता हुँदा उनले कहिल्यै छुटाइनन् । ‘आहा यो नानी त कति राम्रो नाच्न सकेकी’ भन्दै सबैले उनलाई हौस्याए पनि । त्यही हौसला अहिले उनको करिअर भयो ।

एसएलसी दिने वित्तिकै उनी भिडियोहरुमा देखिन थालिन् । उमेर भर्खर १९ लागेको छ । काठमाडौं छिरेको भर्खर एक वर्ष पुग्दैछ । दुई दर्जनभन्दा बढी भिडियोमा उनले आफूलाई प्रस्तुत गरिसकेकी छिन् ।

भिडियोमा खेल्दाखेल्दै दुईवटा फिलिमको अफर आइसक्यो । त्यसैले अहिले उनको व्यस्तता बढिरहेको छ । त्यही व्यस्तताबाट केही समय झिकेर उनी नेपाली हेडलाइन्सको अफिससम्म आउन भ्याइन ।

फिल्मी र मोडलिङ क्षेत्रमा अहिलेसम्मका अनुभव, विकृति, विसंगतीबारे अर्घाखाँचीकी एलिना रायमाझी विस्तारै खुल्दै गइन्ः

सानै उमेरदेखि स्कुलमा डान्स गर्थे । जहाँजहाँ डान्स गरेँ, सबैले राम्रो छ भनेर मलाई हौसला दिए । त्यही उत्साह र त्यही हौसलाले मलाई यो क्षेत्रमा आउन प्रेरित गर्यो ।

घर अर्घाखाँची भएपनि म गुल्मीमा बस्थे । त्यति बेला तम्घासमा काठमाडौंबाट निर्देशक गिरिस रिजाल, प्रोड्युसर कृष्ण श्री काफ्ले नेपाली चलचित्र ‘उधुम’ बनाउन गएको बेला रेडियोबाट कलाकार चाहिएको विज्ञापन दिएका रहेछन् ।

गाउँमा कोदो रोप्ने बेला थियो । रेडियो सुन्दै कोदो रोप्दा मेरो दिदीले विज्ञापन सुनेर नम्बर टिप्नु भएको रहेछ । फोन गरें । एक महिना जति क्लास लिए । ‘यौवनको नसा हो की बैंशको मात’ भन्ने गितमा अाइटम डान्स गरेँ ।

जुन मेरो पहिलो भिडियो थियो । जुन फिल्मले हिरोइन अप्सरा थापाभन्दा मलाई बढी चिनायो । सबैले मलाई नशा–नशा भनेर बोलाउन थाले ।

म त गाउँबाट आएकी सोझी मान्छे एउटै गीतले चिनिन पाउँदा खुशी लाग्यो । त्यसपछि म्यूजिक भिडियो र सिरियलमा खेल्ने अवसर पाएँ । तर सानो गाउँठाउँमा सामान्य भिडियो खेलेको मान्छे एक्कासी ठूला कहलिएका कलाकारसँग खेल्दा शुरुमा गाह्रो नै हुने रहेछ । तर अव सहज हुँदैछ ।

यो क्षेत्रमा अलि बढी ग्ल्यामर चाहिदो रहेछ । तर कथाले मागे जति… सेक्स र ग्ल्यामर बारे हेर्नुस् उनले आफै बोलेको भिडियो 

कथाले मागे जति सबै दिन सकिँदो रहेनछ । म त्यति धेरै टे«डिश्लन पनि हुन्न र सुहाउनेभन्दा बढी ओपन हुन पनि सक्दिन । अहिलेका नेपाली मुभिहरु र भिडियोमा कलाकारहरु चाहिनेभन्दा बढी ओपन हुँदा रहेछन् । म त्यस्तो गर्न सक्छु जस्तो लाग्दैन । मलाई त लाग्छ अब छोटा कपडा लगाउनेभन्दा लामा लगाउने कै दिन छन् ।

कहिलेकाँही त छोटा कपडा र निर्देशकको नजिक भएर मात्र अघि बढ्न सकिन्छ भन्ने सुन्दा त यो क्षेत्र नै छोडौं जस्तो लाग्छ । गाउँमा हुँदा रेखा थापा, झरना थापा र विराज भट्ट खुबै मन पथ्र्यो ।

अहिले नयाँ कलाकार आए पनि मलाई पुरानै मन पर्छ । मोडलमा महेन्द्र गौतम साह्रै मन पर्छ । उहाँसँग म्यूजिक भिडियोमा खेल्ने खुबै रहर थियो । त्यो पनि पूरा भयो । ‘जिरो फिगर छिनेको कम्मर’ भन्ने तीज गीतमा खेले ।

नक्कले भिनाजु भन्ने गीतमा खेलेपछि व्यस्तता थप बढेको छ । दुईवटा फिल्मको पनि अफर आएको छ । सायद त्यसमा पनि खेल्छु होला ।

म एक्टिङ, डान्स गर्न सक्छु । तर मेरो क्षमता हुँदाहुँदै आवश्यकताभन्दा बढी ग्ल्यामरस हुन पर्यो, डाइरेक्टरलाई आफूलाई सुम्पेर खुशी पार्न पर्छ भने म यो क्षेत्र नै छोडिदिन्छु, घर गएर बस्छु । मलाई त्यो मन पर्दैन ।

तर यो क्षेत्रमा लागेपछि केटाहरुको अफर, प्रपोज धेरै आउँदो रहेछ । त्यो त सामान्य हो । तर आफूले रोजेको मान्छे चाँही अहिलेसम्म भेटेकोे छैन । सेक्स विवाह अघि कि विवाह पछि त्यो बारेमा चाँही मलाई ज्ञान छैन । म त गाउँबाट आएकी सोझी केटी । सेक्समा म काँचै छु ।