७ जेठ, चितवन ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाललाई एक हजारभन्दा बढी मतअन्तरले पछि पारेका छन् । पछिल्लो मत गणना अनुसार ज्ञवालीले १८१८५ मत प्राप्त गरेका छन् भने दाहालले १७१४४ मत पाएकी छिन् ।

उपप्रमुखमा भने कांग्रेस उम्मेदवार पार्वती शाहले अग्रता कायम राखेकी छन् । शाहले १९७९४ मत प्रप्त गरेकी छिन् भने एमाले उम्मेदवार दिब्या आचार्यले १५९१७ मत ल्याएकी छिन् । मतगणना जारी छ ।