२७ पुस , काठमाडौं।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन्। सोमबार राजधानीमा दिल्लिमा रहेका महतोसँग टेलिफोन मार्फत आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो) को झुण्ड जस्तो रहेको छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’

मधेश झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेका छन्, जुन देशको लागि हानिकारक रहेको महतोको दाबी थियो । साथै उनले, अहिले मधेसीहरु यही देश भित्र अधिकार खोजिरहेका छन् तर सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दवाउन खोजिरहेको आरोप लगाए । मधेसीहरु आफ्नो अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नु पर्नेमा उनले जोड दिए ।

महतोले भने, ‘म अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी राखेको छु, उनिहरुले मधेसको समस्या समाधान गर्न ओली सरकारलाई सुझाव दिएका छन’, उनले थप्दै भने, ‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछन् आफ्नो दरबारमा लम्पसार पर्न ।’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतोले भने, ‘अब भारत परास्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।’

‘म केही सातापछि नेपाल फर्किन्छु र मधेसको समस्या समाधान नहुनजेल नाकामा फेरी धर्ना बस्छु’, महतो थपे, ‘मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ । नेपाल फर्केपछि काठमाडौंमा रहेका भएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरी नाकामा बस्छौँ । सरकारले वार्ताको नाटक मात्र गरिरहेका छन्, । अब मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उधारो होइन ।’

महतोले मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओली सरकारले बुझ्नु पर्छ । साथै उनले वर्तमान संविधान संशोधनलाई आफुहरुले स्वीकार गर्न नसक्ने पनि बताए ।

यो पनि पढ्नुस्।

आज पृथ्वी जयन्ती जनस्तरमा मनाइदैँ

नयाँ दिल्लीको मुटुमा एकै परिवारका तीन सदस्यको हत्या

मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो

भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन