जुम्ला, ७ बैशाख । जुम्ला प्रहरीले जिल्ला लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

बाँके डुडुवा गाउँपालिका ५ का हिरालाल सुनार सहित पाँच जनालाई प्रकाउ गरिएको हो । चन्दननाथ नगरपालिका ४ भारतिबाडामा लागूऔषध सेवन, संचय, ओसारपसार र बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पाँचै जनाविरुद्ध अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ ।