११ कात्तिक, पटना ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा राज्यसभा निर्वाचन अन्तर्गत आज मतदान भैरहेको छ ।

सत्तारुढ भारतीय जनता पार्टीसँग प्रतिस्पर्धा गरिरहेका स्थानीय दलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भिर आरोप लगाएका छन् ।

lalu yadav

विहारका पूर्वमुख्य मन्त्री तथा राष्ट्रिय जनता दल आरजेडीका प्रमुख लालुप्रसाद यादवले प्रधानमन्त्री मोदीलाई पदमा बस्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

मोदीले साम्प्रदायिक कार्ड खेलिरहेको र उनलाई एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने हक नभएको यादवको भनाइ छ । विहारको चुनावले मोदीलाई सवक सिकाउने समेत उनको दावी छ ।