६ बैशाख, खारकिभ (युक्रेन) ।

युक्रेनको पूर्वी भागमा मास्क लगाएका व्यक्तिहरूले सोभियत सङ्घका नेता लेनिनका अनेकौँ सालिक भत्काएको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् । यस क्षेत्रमा किभ मस्को समर्थक पृथकतावादीसँग युद्ध गरिरहेको छ भने यहाँ रसियाविरोधी मनस्थिति देखापरेको छ ।

lenin

सरकार नियन्त्रण खार्किभ नगरमा शुक्रबार राती विश्वविद्यालयमा रहेका दुई सालिक भत्काइएको चित्र युट्युबमा देखाइएको छ । गत साता किभको संसदले युक्रेनमा सोभियत चिन्ह प्रतिबन्ध लगाउने कानुनलाई पारित गरेको थियो ।

उक्त विधेयकमा नाजी चिन्हमाथि पनि प्रतिबन्ध लगाइएको छ । त्यसमा राष्ट्रति पेत्रो पोरोसेन्कोले हस्ताक्षर गर्न बाँकी छ । यसो भए पनि युक्रेनीहरूले कम्युनिस्ट युगको स्मारकहरू भत्काउने कार्य आरम्भ गरिसकेको बताइएको छ । रासस÷एएफपी