५ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पूर्ण सेवा सुविधा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।

लोकमानले एमालेका नेतालाई छानी छानी पत्र काटे- माधव नेपाल

अधिवक्ता ओमप्रकाश अर्यालले कार्की विरुद्ध सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्रदान भइसकेको उनको नियुक्तिबारेको मुद्दाको अन्तिम फैसला नआउँदासम्म सम्पूर्ण सेवा सुविधा रोक्न अन्तरिम आदेश माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन् । अधिवक्ता अर्यालले सर्वोच्चमा दर्ता गराएको निवेदनमा कार्कीको सेवा सुविधामा रोक लगाउनुपर्ने पाँचवटा कारण दिईएको छ ।

विश्व हिन्दु महासंघको बन्दसत्रमा कुटाकुट

गएको बुधबार नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदको सक्रियतामा संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बित भएका थिए । निलम्बित भएपनि उनले निवासबाटै अख्तियारको काम कारबाही गर्दै आएको समाचारहरु सार्वजनिक भएका छन् ।