५ कात्तिक, सुनसरी ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्कीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आफुले पाएको अख्तियारको दुरुपयोग गरि चुनौति दिएका कारण महाअभियोग लगाउनु परको वताएका छन् ।

यस्तो जवाफ दिएर लोकमानलाई बालुवाटार गेटबाटै फर्काइयो !

सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले सवै दलको सहमतिमा महाअभियोग पारित हुने विश्वास व्यक्त गरे ।

फाइल तस्बिर

फाइल तस्बिर

उनले एमाले र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गरि दर्ता गरेकोमा काँग्रेसका केही नेताहरुले आफुहरु समेत हस्ताक्षर गर्न तयार रहको समयमा थाहा नदिई हस्ताक्षर गरेको भन्दै गुनासो गरेपनि काँग्रेस सभापति शेरवहादुर देउवाले समेत सहयोग गर्ने वताएको जानकारी दिए ।

भारतीय राजदुतलाई एमालेबाट कडा चेतावनी

पुर्व प्रधानमन्त्री नेपालले न्यायपालिकालाई चुनौति दिनु भनेको संविधानलाई मान्दिन भन्नु हो भन्दै न्यायपालिकालाई चुनौति दिने तथा आफना नेताहरुलाई छानीछानी पत्र काट्ने काम गरिएको समेत आरोप लगाए ।

महाअभियोग छानविन समितीमा आफनो पाटीका तर्फवाट सदस्य रहेका सांसद रेवतिरमण भण्डारीलाई प्रलोभन र दबावमा नपर्न समेत नेपालले आग्रह गरे । उनले समितिमा रहेका सांसदहरुलाई प्रलोभन र दबाव आउन सक्ने भन्दै प्रलोभन र दबावमा नपर्न आग्रह गर्दै आफुहरु साथमा रहेको भन्दै खुट्टा नकमाउन सुझाव समेत दिए ।

लोकमान सिंह कार्कीको आत्मकथा भाग- १

संविधान कार्यावन्यनका लागि सवैको सहयोग आवश्यक रहको वताउदै संसारका कुनै पनि मुलुकका संविधान सर्वस्वीकार्य नभएको समेत स्पष्ट पारे । संविधान कार्यान्वयनका लागि तिन तहका निर्वाचन सम्पन्न गर्नु पर्ने चुनौति रहेको वताउदै त्यसका लागि समेत सहमति र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिए ।