२७ जेठ, जनकपुरधाम ।

जनकपुरमा हुने गरेको अनियमित लोडसेडिड़्ग र लो भोल्टेज विरुद्ध व्यापारीहरुले आमरण अनसन शुरु गरेका छन् । जनकपुरको जनक चौकमा शुरु आमरण अनसनमा जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, सचिव सुरेन्द्र भण्डारी र सदस्य फुलदेव पण्डित सहभागी छन् ।

व्यापारीहरुको आन्दोलनमा स्थानीयवासीहरुले पनि समर्थन जनाएका छन् । अनसन बस्नु अघि व्यापारीहरुले ४८ घण्टाको समयसीमा दिएका थिए ।

सो समयमा नेपाल विद्युत प्राधिकरणले कुनै सुधार नगरेपछि आमरण अनसन बस्नु परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहले बताए ।