बलिउड सुपरस्टार सलमान खानले ट्वीटर छोड्ने धम्की दिएका छन् । उनले आफ्ना फ्यानसँग रिसाएर ट्वीटर छोड्ने धम्की दिएका हुन् ।

salman angry
सामाजिक सञ्जालमा तीन खानलाई भिडाउने फ्यानसँग रिसाएका सलमानले यस्तो गरे आफूले ट्वीटर छोड्ने बताएका हुन् ।

मंगलबार राति लगातार २३ वटा ट्वीट गरेर उनले फ्यानलाई झपारेका छन् ।

salman twitter

salman twitter 1 केही दिन अघि सलमानको पछिल्लो चलचित्र बजरंगी भाइजानको पोष्टर शाहरुख खान र आमिर खानले ट्ववीटरमा सार्वजनिक गरेका थिए । त्यसपछि तीन खानका फ्यानले खान भिडन्त गराउन लागि परेका छन् । यसबाट रिसाएका सलमानले नकारात्मक मात्र कुरा हुने भए आफूले ट्वीटर छोड्ने बताएका हुन् ।

सलमानले लगातार ट्वीट गरेपछि ट्वीटरमा नयाँ ट्रेण्डिङ शुरु भएको थियोः #BhaiRoxx ।