gaighat in sink२६ असार, काठमाडौ । निरन्तर रुपमा जारी वर्षाका कारण पूर्वी नेपालका अधिकांश भाग डुवानमा परेका छन् । सबैभन्दा बढी झापा जलमग्न भएको छ ।

झापा जिल्लाका अधिकांश भाग जलमग्न हुनाका राजमार्गमा यातायात सेवासमेत अवरुद्ध हुँदा सयौ यात्रु अलपत्र परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा खण्डको लखनपुर–२ स्थित गेउरिया खोलाले वैकल्पिक बाटो बगाएपछि सडकको दुवैतर्फ सयौं गाडी थन्किएका छन् ।