telescope२६ असार, काठमाडौ । युरोपियन स्पेस एजेन्सी (इएसए)ले एउटा यस्तो टेलिस्कोपको निर्माणको तयारी गरेको छ जसले करिब २ अर्ब ताराहरूको आकार प्रकार, चहकता, थ्रिडि डिस्ट्रीब्युसनका बारेमा अध्ययन गर्न सक्छ ।

यो अहिलेसम्म बनेको सबैभन्दा शक्तिशाली टेलिस्कोप भएको समेत दावी गरिएको छ । यो टेलिस्कोप सन् २०२० मा सार्वजनिक गरिने छ । युक्लिडको १.२ मिटर व्यास भएको टेलिस्कोपको सहयोगले ब्रम्हाण्डको ज्यामितिका विषयमा जानकारी हासिल गर्न सकिने बताइएको छ ।

वैज्ञानिकहरूका अनुसार यो टेलिस्कोपले अन्तरिक्ष सम्बन्धी अहिले रहेका धेरै उत्सुकतालाई मेट्न मद्धत गर्नेछ । यसले ब्रम्हाण्डको उत्पति, संरचना तथा ब्रम्हाण्डको धेरै उत्सुकतालाई समेत मेट्नेछ । यसले ब्याल्क होल र ब्याल्क उर्जाका विषयमा अध्ययन गर्न समेत सहयोग गर्नेछ ।