१४ मंसिर, बिराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णायक भन्दै सत्तारुढ र प्रतिपक्षी सहित बोलाएको उच्चस्तरीय वार्तामा समय अभावको कारण देखाउँदै अनुपस्थित हुने बताएका मधेशी नेताहरु आन्दोलन चर्काउने प्रशिक्षणमा जुटेका छन् ।

हिँजो बिराटनगरमा सार्वजनिक सभा गरेका मधेशी दलका नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिने भन्दै काठमाडौं नआएका हुन् ।

madheshi morcha

उपेन्द्र यादवको निजी निवासमै कार्यकर्ता प्रशिक्षणको तयारी भैरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

नाकाबन्दी खुलाउने र मधेश आन्दोलन निम्ट्याउने निर्णायक पहलः सार्थक होला !

सरकारले वार्तामा गम्भिरता नदेखाएको भन्दै आरोप लगाइरहेका मधेशी नेताहरुले प्रधानमन्त्रीले बोलाएको उच्चस्तरीय बैठकलाई भने महत्वहिन बनाइदिएका छन् ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

पिटिआइसँग प्रदीप ज्ञवालीले भने- भारतको ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य