३० पुस, काठमाडौं ।
पाँच महिनादेखि तराई मधेसमा जारी सीमाकंनको विवाद समाधान गर्नको लागि आज प्रमुख तीन दलबीचको वार्ता वालुटारमा जारी छ ।

सहमति निर्माणको लागि तीन दल सक्रिय भएपनि एक सातादेखि प्रमुख दलका शीर्ष नेताबीच कुनै छलफल हुन सकेको थिएन । शीर्ष दलका बैठक बस्न नसक्दा तीन दल मोर्चा सम्मिलित कार्यदलको बैठक पनि प्रभावित हुँदै आएको छ ।

three daal meeting baluwatar

तस्बिर: प्रचण्डको ट्वीटर ह्याण्डल – cmprachanda

प्रधानमन्त्री केपी ओलीको पहलमा तीनको बैठक वालुवाटारमा चलिरहेको छ । बैठकमा विषयगरी सीमाकंनको विवाद समाधान गर्नको लागि उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र समितिलाई संसदबाट वैधानिकता दिने, संविधान संशोधन गर्नको लागि मधेसी मोर्चालाई मनाउने विषयमा कुराकानी भइरहेको छ ।

तीन दलको बैठकमा प्रधानमन्त्री ओली, कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यदलमा सहभागी नेताहरुको सहभागीता रहेको छ । शीर्ष नेताबीच सहमति भए सोही अनुसारको सहमतिको प्रस्ताव मोर्चा समक्ष गर्ने तयारी रहेको छ । मधेसी मोर्चालाई सहमतिमा ल्याउको लागि तीन दलबीच नै फरक–फरक धारणा रहेको छ ।

तीन दलबीच नै सहमति हुन नसक्दा कार्यदलको बैठकमा साझा प्रस्ताव समेत पेश हुन सकेको छैन । कार्यदलको बैठकमा सात पटक छलफल हुँदा समेत सहमति जुटन नसकेपछि पुनः शीर्ष तहमै छलफल भएको छ ।

यो पनि पढ्नुस्।

महिलाले खानै पर्ने ६ खाना

टर्कीमा प्रहरी हेडक्वाटरमै पड्कियो बम