३ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले सशस्त्र युद्धमा होमिएको माओवादीलाई समेत शान्तिपूर्ण राजनीतिमा सहभागी गराएर द्वन्द्व व्यवस्थापन भइसकेकोले संविधान ले न नेपाल आफै सक्षम रहेको बताएका छन्।
बुधबार नर्वेका परराष्ट्र मामिला मन्त्रालयका स्टेट सेक्रेटरी मोर्टेन हग्लन्द सहितको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कोइरालाले यस्तो धारणा राखेका हुन्। नर्वेजियन टोलीले यहॉको शान्ति प्रक्रिया र संविधान लेखनलाई सहजीकरण गर्न आवश्यक सहयोग गर्न इच्छा देखाएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।

sushil-return india
शान्ति प्रकृयाको असाध्यै जटिल र कठिन मानिएको हतियार व्यवस्थापन र लडाकु समायोजनलाई दलहरुले आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट टुंगोमा पु:याउन सकेकाले नयाँ संविधान जारी गर्न पनि सफल हुने बताएको स्रोतले बतायो ।

भेटवार्तामा कोइरालाले मुलुकको समस्याको समाधानमा नेपालीले मौलिक क्षमता पनि सिद्ध गरिसकेको पनि बताएका थिए । प्रधानमन्त्री कोइरालाले दोस्रो संविधानसभा विगतमा अति विवादित र सहमतिमा पुग्न नसकेका विषयलाई सहमतिको नजिक ल्याउन सफल भएको पनि जानकारी गराएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनलेे संविधान निर्माणका विषयमा सत्तासमर्र्थक दल र नेपाली कांग्रेसले अधिकतम लचकता अपनाएको बताउदै निर्वाचन प्रणालीमा सत्ता समर्थक दलहरु दलित,महिला, पिछडिएको, मधेशी, अल्पसंख्यकका लागि छुट्टयाइएको विशेष क्षेत्रको अडानबाट हटेर विपक्षी मोर्चाबाट सारिएको मिश्रित प्रणालीमा सहमत भएको पनि जानकारी गराएका थिए।