३ वैशाख, काठमाडौं ।

संविधान जारी गर्ने समयसिमा तोक्ने/नतोक्ने बिषयलाई लिएर सत्तारुढ दल काग्रेस र एमालेबीच खटपट उत्पन्न भएको छ । एमालेले जेठ १५ नभए असार मसान्तसम्म संविधान जारी गर्ने गरी प्रक्रिया निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । तर प्रधानमन्त्री सुशील कोइरालाले मिति तय नगरी जानुपर्ने अडानमा छन् । यही कारण गत आइतबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच चर्को भनाभन समेत भएको थियो । त्यसपछि दुई दलका शिर्ष नेताको बैठक बसेको छैन ।

संविधान जारी गर्ने मिति तय गर्न नमान्नुको पछाडी प्रधानमन्त्रीले सरकार लम्बाउन खोजेको बुझाई एमालेको छ । संविधान जारी गर्न जति ढिलाई भयो त्यति सरकारको नेतृत्व लिने संभावना टाढिने भएकाले एमालेेले मिति तय गर्नुपर्नेमा जोड दिएको हो ।

KP-oli-VS-Sushil-Koirala

‘संविधान जारी गर्ने मिति तोक्नुपर्छ भन्ने हाम्रो धारणा हो । कहिलेसम्म संविधान दिने त्यो त जनतलाई भन्नु पर्‍यो नी’ दलीय वार्तामा संलग्न हुने एमाले प्रमुख सचेतक अग्नि खरेलले भने,’ हामीले जेठ १५ भित्रै संविधान जारी गरौ भन्दै आएका हौ । तर अब जेठ १५ को समयसिमामा नसकिने अवस्थ्ाा आयो । त्यसैले असार मसान्तलाई अन्तिम समय बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौ ।’ असार मसान्तको सिमा तोक्दा काग्रेसले पनि मान्न सक्ने खरेलले बताए ।

कांग्रेसले भने संविधान निर्माणको प्रकृया अघि नबढेसम्म मिति तोक्नुको कुनै अर्थ नरहेको बताउँदै अन्तिम मस्यौदा निर्माण गर्ने चरणमा मात्रै समय तोक्न सकिने अडान राखेको छ । कांग्रेस सहमहामन्त्री पुर्णवहादुर खडकाले बालुवाटारबाट कार्यतालिका बनाउने बिषयमा निर्णय लिनुपर्छ भन्ने धारणा नै गलत भएको बताए । ‘

कार्यतालिका अघि बढाउने बिषय संविधानसभा र त्यसको नेतृत्व लिने सभाअध्यक्ष सुवास नेम्वाङले गर्ने हो, बालुवाटारमा बैठक बसेर गर्ने होइन’ खडकाले कान्तिपुरसंग भने,’संविधानसभाको बैठक संचालन, निर्माण प्रकृयालाई अघि बढाउने सम्पुर्ण जिम्मेबारी तपाइको हो । तपाईले गरेको निर्णयमा हाम्रो साथ र समर्थन हुन्छ भनेर सभाअध्यक्ष नेम्वाङलाई हामीले भेटेर भनीसकेका छौ । बालुवाटारले निर्णय लिएर सभाअध्यक्ष त्यहि अनुसार चल्न सक्नु हुन्छ कि हुदैन त्यो पनि हेर्नुपर्छ ।’ आजको कान्तिपुरमा खबर छ ।