१५ मंसिर, कास्की । कास्कीको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पराजय निश्चित भएपछि नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले हार स्वीकार गरेका छन् । उनले ट्वीट गर्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई बधाई पनि दिएका छन् ।

आफूले मत नजितेपनि मन जितेको उनको तर्क छ । ‘म इमान्दार रहनेछु कास्कीको प्रत्येक मत अनि देशविदेशका हरेकको मायाप्रति ।’ उनले लेखेका छन्, ‘राजनीति जितें, मत जितिनँ तर सायद मन जितेँकि जस्तो लाग्छ ।’ उनले मतगणना अन्तिम चरणमा रहेपनि विद्यालाई लक्षित गर्दै लेखेका छन्, विजयी नानीलाइ हृदयले बधाई राम्रो गर्नु ।