२८ पुष, म्याग्दी । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटा हतियारसहित पक्राउ परेका छन् ।
उनलाई बेनी नगरपालिका–२ ज्यामरुकोटको विमिराबोट स्थित उनकै घरबाट दुई थान बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सापकोटा घरमा आएको सूचनाका आधारमा आइतवार राती जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक शर्माका अनुसार सापकोटाको घरबाट ७ राउण्ड लोडेड थ्रिनट थ्रि राईफल र एक थान लोडेड भरुवा बन्दुक समेत फेला परेको छ ।

भूमिगत शैलीमा विप्लब नेतृत्वको पार्टीमा सक्रिय रहेका सापकोटाको प्रक्राउले विप्लब समुहलाई ठूलो धक्का लागेको छ । पक्राउ परेका सापकोटालाई हातहतियार तथा खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।