बुटवल, १५ चैत । बुटवलमा नेत्रविक्रम चन्द विप्लव समूहको पार्टी कार्यालय प्रहरीले भत्काइदिएको छछ ।

पाल्पारोडमा रहेको पार्टी कार्यालय डोजर लगाएको भत्काइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए ।

सो भवन झण्डै १३ वर्ष अघि तत्कालिन नेकपा माओवादीले कब्जामा लिएर पार्टी कार्यालयका रुपमा प्रयोग गरेका थिए । त्यसपछि मोहन वैद्य नेतृत्व र अहिले विप्लव नेतृत्वको पार्टीले कार्यालयका रुपमा यो भवन प्रयोग गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको जग्गा र भवनमा राजनीतिक पार्टीहरुले आफुअनुकुल प्रयोग गर्दै आएपछि जिल्ला सुरक्षा समितिको निर्देशनमा भत्काइएको प्रहरीले जनाएको छ । केही दिनअघि बैंकका कर्मचारीसहित गएर प्रहरीले कार्यालयका सामान नियन्त्रणमा लिएर विप्लव समूहको बोर्ड र झण्डा हटाएको थियो ।