३१ बैशाख, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तारुढ दलहरु प्रति गम्भीर आरोप लगाएको छ । एमालेले आज विज्ञप्ती निकालेर दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेख लगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीहरुबाट हिंसा र बुथ कब्जाका गतिविधि भएको आरोप लगाएको हो ।

‘निर्वाचन आयोग, गृह प्रशासन तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरुसँग पटक–पटक आग्रह गर्दा पनि विभिन्न मतदान केन्द्रहरुमा भयरहित ढङ्गले मतदान गर्न पाउने नागरिकको मौलिक अधिकारको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै हिंसा र बुथ कब्जाका घटनाप्रति भत्र्सना गर्दछौं, एमाले महासचिव इश्वर पोख्रेलले निकालेको विज्ञप्तीमा भनिएको छ ।

एमालेले निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरित भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने भन्दै एमालेले सम्बन्धित सबैको ध्यानाकर्षण गर्न राएको छ ।

एमालेकाे  विज्ञप्ती: