३१ बैशाख, काठमाडौं । आज भएको स्थानीय तहको चुनावमा कम्तीमा ७१ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै ३, ४ र ६ नम्बर प्रदेशमा भएको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको र पछि मिति तोकेर गरिने जानकारी दिए । उनले मतदान सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।