एजेन्सी।

गत विहिबार बेलिङ्गह्यामबाट वासिङ्गटन हुँदै हवाई उड्दै गरेको ‘अलास्का एयर फ्लाइट’को विमानभित्र एक महिला यात्रुको आइफोनमा एक्कासी आगो लाग्यो।

साथमै राखेको आफ्नो आइफोन ६ मा अकस्मात आगो लागेको देखेपछि आना क्रेल आत्तिएर चिच्याइन। “जब आगो लाग्न थाल्यो, मलाई लाग्यो कि विमान पड्किने भयो। मैले सोँचे कि ‘ला! विमानमा आगो लाग्यो!’ तर मलाई थाहा थियो कि आगो विमानमा होइन मेरै आइफोनमा लागेको थियो।”,उनले भनिन्।iphoneflames

हेर्दाहेर्दै आगो ठूल्ठूलो हुँदै गएपछि आईफोनलाई तल भुइँमा फ्याँकिदिइन। उनले भनिन्- “पछि परिचारिकाहरू आएर आगोलाई निभाएपछि बल्ल ढुक्क भएँ।”

त्यसपश्चात बोइङ्ग ७३७ सुरक्षित रूपले अवतरण गर्न सफल भएको थियो भने कुनै किसिमको मानव तथा भौतिक क्षति भएन। घटनाको बारेमा एप्पल कम्पनीले र विमान कम्पनीले अझसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

विमानमा आगो लागेको यो पहिलो घटना भने होइन। करीब ५ वर्ष अगाडि पनि एक अष्ट्रेलियन विमानका यात्रुले एक्कासी आफ्नो आइफोनमा आगो लागेको देखेपछि आत्तिएर बेहोस नै भएका थिए।

यो पनि हेर्नुहोस्-
यी भयानक तस्विरले फोन साथमा राखी सुत्नुहुँदैन भनेर विश्वस्त गराउँछ
आइफोनलाई पानीमा डुबाउँदा के हुन्छ? हेर्नुहोस् भिडियो
किन तात्छ स्मार्टफोन? कसरी समाधान गर्ने?
यी कारणले मोबाइल चार्ज ढिलो हुन्छ