२४ कात्तिक, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवा मिडियासँग नराम्रोगरी झर्किएका छन् । भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै देउवाले तिब्बतका कुनै अधिकारीलाई नभेटेको भन्दै मिडियामा अनर्गल समाचार आएकोप्रति तिव्र असन्तुष्टी व्यक्त गरेका हुन् ।

ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि नेपालीहरुलाई यस्तो खतरा

‘मैंले भारतमा कुनै तिब्बतका नेतालाई भेटेको छैन । कहाँ र कहिले कुन नेतालाई भेटें ?’ देउवाले मिडियालाई जे पनि लेख्ने छुट नभएको भन्दै आक्रोसित हुँदै भने, ‘दलाई लामाका प्रतिनिधिसँग भेटेको भन्ने अनावश्यक समाचार हुन् । मिडियाले यस्तो शैली बन्द गर्नुपर्छ ।

deuwa-returns-from-india-visit

यस्तालाई के गर्नुपर्छ मैंले पनि जान्या छु’ भारतसमेत एक चीन नीतिको पक्षमा रहेको भन्दै आफूलाई दलाई लामाको प्रतिनिधिको कार्यक्रममा सँगै नराखेको उनले बताए ।

प्रमुख सहयोगीले भने- घर गएर सुत्नुस् हिलारी आज बोल्नु हुन्न !

गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाको बुद्धिजिवीको संस्था इण्डियाना फाउन्डेसनको कार्यक्रममा सहभागी हुन देउवा गोवा पुगेका थिए । सो कार्यक्रममा उनी प्रमुख वक्ता थिए । कार्यक्रममा निर्वासित नेता तिब्बती दलाई लामाका प्रधानमन्त्री लोब्सागं सांगे पनि वक्ता थिए। तर, देउवा हिडेपछि उनी कार्यक्रममा बोलेका थिए ।

deuwa-returns-from-india-visit-1

गोवापछि दिल्ली पुगेका देउवाले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए । भेटमा नेपालमा पुनर्र्निमाणका गोरखा सैनिक लगाउने, संविधानको कार्यान्वयसहितका विषयमा छलफल भएको थियो ।

देउवाले भारतमा तिब्बतका निर्वासित नेता उपस्थित कार्यक्रममा सहभागी भएको विषयमा कांग्रेसकै वरिष्ठ नेताहरुले आपत्ति जनाइसकेका छन् । उनीहरुले पार्टी बिपी कोइरालाकै पालादेखि ‘एक चीन नीति’ मा दृढ रहेको दोहोर्‍याउँदै विवादास्पद कामबाट बच्न नेतृत्वलाई सुझावसमेत दिएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

देउवाको भ्रमणअघि नै कांग्रेसका केही नेताले उक्त कार्यक्रममा जाँदा विवाद आउन सक्ने भन्दै नजान पनि सुझाव दिएको बुझिएको छ । आयोजकले कार्यक्रममा तिब्बतका निर्वासित नेताको समेत सहभागिता रहने भन्दै प्रचार गरिरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणभन्दा अघि नै तय भएको कार्यक्रम भएका कारण देउवा उक्त कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

देउवाको दिल्ली दौडले उब्जिएका २ खतराः गोवाबाट चीनलाई चिढ्याउँदै देउवा