१६ चैत, एजेन्सी ।

इजिप्टबाट अपहरण गरि साइप्रस पुर्‍याइएको इिजप्ट एयरलाइन्सको एमएस 181 विमान अपरहण गर्ने ब्यक्तिले अनौठो माग अघि सारेका छन् । अपहरणकारीले ब्यक्तिगत माग राखेपछि साइप्रसका सुरक्षा अधिकारीहरु चकित परेको अन्तराष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले इजिप्टका अधिकारीहरुलाई उद्धृत गर्दै विमान अपहरणकारी इब्राहिम समाहा नामका ब्यक्ति रहेको जनाएको छ ।

hijacked plane egypt

उनले विमानमा रहेका सबैलाई मुक्त गर्नु अघि हाल साइप्रसमा रहेकी आफ्नी पूर्वपत्निलाई पठाएको पत्र पुर्‍याइदिनु पर्ने र साइप्रसमा निर्वासन प्राप्त गर्नु पर्ने माग राखेको समाचारमा जनाइएको छ ।

विमान अपहरणकारीको पहिचान

अहपरित विमानबाट चालक दल र ५ विदेशीबाहेक सबै मुक्त

अपहरणकारीले विमानस्थलमा एक चिठ फ्याँकेर यस्तो माग राखेका हुन् । अरवी भाषामा लेखिएको पत्र आफ्नी पूर्वपत्निलाई दिनु पर्ने माग उनले राखेका छन् ।

यस अघि यो अपहरण कुनै आतंकवादी समूहले गरेको आशंका गरिएको थियो । अहिले विमानमा रहेका सबै यात्रु तथा चलक दलका सदस्यलाई मुक्त गरिसकिएको छ । विमानमा अहिले केवल अपहरणकारी मात्र रहेको अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार मध्यमहरुले जनाएका छन् ।