११ मंसिर, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि धार्मिक असहिष्णुतालाई बढावा दिएको आरोप बढ्दै गएको छ ।

कांग्रेस अध्यक्ष सोनिया गान्धीले हिन्दुवादी ब्यवहार देखाएको भनेर मोदीको आलोचना गरे लगत्तै विहारका उपमुख्यमन्त्री तेजस्वी यादवले पनि मोदीको कडा आलोचना गरेका छन् ।


Modi vs Tejaswi

भारतमा असहिष्णुता बढेको भन्दै बलिउड अभिनेता आमिर खानको भनाइलाई समर्थन गर्दै उपमुख्यमन्त्री यादवले मोदी सरकारले देशमा असुरक्षा बढाएको र असहिष्णुतालाई प्रवर्द्धन गरेको आरोप लगाएका हुन् ।

हिन्दुवादी मोदीलाई सोनियाले संसदबाट गरिन् कठोर आलोचना

उनले मोदीको हातमा भारत सुरक्षित नभएको समेत बताएका छन् ।

आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या

भारतीय गृहमन्त्रीले संसदबाट आमिर खानलाई दिए जवाफ