११ मंसिर, काठमाडौं ।

भारतीय राजदुत रञ्जित रे ले नेपालमा आलोचना हुँदैमा भारतलाई कुनै फरक नपर्ने तर आफूहरु आफ्नो कदमबाट पछि हट्न तयार नरहेको स्पस्षट संकेत गरेका छन् ।

विविसी नेपालीसँगको कुराकानीमा रञ्जित रे ले भारतले नाकाबन्दी नलगाएको दावी मात्र दोहोर्‍याएनन् नेपालले भारतको नभएर नेपालको मात्र चिन्ता गरे पुग्ने ठाडो जवाफ दिए ।

Ranjit ray

तराइमा भएको समस्याका कारण नै ले आपुर्तिमा समस्या आएको दावी पटक पटक दोहोर्‍याएका राजदुत रे ले यो समस्या समाधान गर्नका लागि भारतले शुभकामना मात्र दिन सक्ने अरु केही नगर्ने भन्दै मधेश आन्दोलनको माग पुरा नभए सम्म भारतले नाकाबन्दी नखोल्ने करिव करिव स्पष्ट भने ।

उनी कुटनीतिकरुपमा असफल भएको हो कि होइन भन्ने प्रश्नमा रञ्जित रे ले त्यो समयले आफै निर्धारण गर्ने बताएर आलोचना हुँदैमा आफूलाई खासै फरक नपर्ने स्पष्ट पारे ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

भारतमा समेत भारतीय नेपाल नीतिको आलोचना भैरहेको भन्दै प्रश्नमा उनले नेपालमा पनि नेपाल सरकारको आलोचना भैरहेको जवाफ दिए ।

मिस वर्ल्डमा नाकाबन्दीको कुरा उठाउने कुराले भारतीय मिडियामा छाइन् मिस नेपाल

उनले नेपालले आफ्नो समस्या समाधान गरे भारतले नेपालमा राजनीतिक स्थिरता र विकाश बाहेक केही नचाहेको दावी पनि दोहोर्‍याए । राजदुत रेको पछिल्लो अन्तर्वार्ता र भनाइले भारत तत्काल नाकाबन्दी खोल्ने मनस्थितिमा रहेको प्रष्टिएको छ । उसले भनेका कुरा पुरा नभए सम्म भारत पछि नहट्ने गम्भिर संकेत समेत राजदुतले गरेका छन् ।