असहिष्णुतामा विवादित बयाय दिँदा शाहरुखको फिल्म ‘दिलवाले’ लाई असर परेको छ। मंगलबार रात प्रमोशनको सिलसिलामा कलकत्ता पुगेका शाहरुखले यसको विरोध गर्दै दुख समेत व्यक्त गरे। फिल्म रिलिज हुन एक दिन अघि (१८ डिसेम्बर) दिलवालेको विरोधमा भारतमा विभिन्न प्रदर्शन भएका थिए। यसको सिधा असर फिल्मको कमाइमा पर्यो। फिल्मले पहिलो दिन २१ करोड भारु कमाएको थियो।

shahrukh and kajol dilwale

आफ्नो बयान तोडमोड गरेर प्रचार गरिएको र त्यसको आधारमा फिल्म हेर्नै नजाने गरेको देख्दा आफुलाई दुख लाग्ने बताउँदै शाहरुखले आफ्नो कुरा अरुले नबुझेको जानेर दुख लागेको बताएका छन्।

संगै बाजीराव मस्तानी पनि रिलिज भएकाले ‘दिलवाले’ को दर्शक बाँडिएको कारण पनि फिल्मले पहिलो दिन धमाका कमाइ गर्न नसकेको हो।

यो पनि पढ्नुस्।

बक्स अफिसको दौडमा दिलवाले अगाडी, बाजीरावको कमाइ दिनदिनै बढ्दै

दिलवाले’को पहिलो दिनको कमाइ अनुमान गरे झै

१७५ करोडमा बनेको ‘दिलवाले’ले रकर्ड नतोड्ने अनुमान

शाहरुखको फिल्मको भारतमा पाँच राज्यमा विरोध, केही ठाउँमा लाठी चार्ज