२ पुस, एजेन्सी।

पछिल्लो महिना सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ भारतमा मात्र २८५० हलमा ४६०० स्क्रिनमा देखाइएको थियो। पर्दाको सङ्ख्या बढी हुनाले र तिहारको छुट्टीको समय परेको भएर फिल्मले पहिलो दिन मै ४४ करोड भारुको रेकर्ड व्यावसाय गर्यो।

पछिल्लो वर्ष शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’ले पनि रिलिजको पहिलो दिन ४२ करोड भारु को रेकर्ड बनाएको थियो। सन् २०१३ मा आएको उनको ‘चेन्नई एक्सप्रेस’ ले पहिलो दिन ३० करोड भारु कमाएको थियो।

shahrukh kajol dilwale

तर यसपटक भने फरक आकंलन गरिएको छ। शुक्रबार, १८ डिसेम्बरमा रोहित शेट्टी र शाहरुखको ब्यानरमा निर्माण भएको ‘दिलवाले’ संगै रणबीर सिंह, दिपिका पादुकोण र प्रियंका चोपडा अभिनित फिल्म ‘वाजीराव मस्तानी’ संगै रिलिज हुदैँछ।

फिल्मको दर्शक बाडिने हुँदा शाहरुखको फिल्मले पहिलो दिन रेकर्ड कमाइ गर्न गाह्रो रहेको फिल्म विश्लेषकहरु बताउँछन्। साथै पहिलो हप्ताको कमाइमा पनि यसले असर गर्ने देखिन्छ।

deepika-story bajirao mastani

शाहरुखको फिल्मलाइ ६० प्रतिशत (करिब ३२००) स्क्रिन मिल्ने सम्भावना छ। यसो हुँदा दिपिका-रणबीरको फिल्मलाई करिब २८०० स्क्रिन मिल्नेछ। शाहरुखको फिल्मले पहिलो दिन २२ देखि २४ करोड भारुको व्यापार गर्ने अनुमान विश्लेषकहरु लगाउँछन्।

यो अनुमान अनुसार शाहरुखले सलमानको ४४ करोडको रेकर्ड तोड्नसक्ने छैनन, साथै आफ्नै रेकर्ड पनि शाहरुखको नयाँ फिल्मले तोड्न नसक्ने देखिन्छ। रणबीरको फिल्मले पहिलो दिन १२-१४ करोड कमाउने अनुमान छ।

प्रिन्ट र प्रचारको २५ करोड सहित ‘दिलवाले’ को कुल लगानी करिब १७५ करोड छ। भारतबाहिर यसले करिब ४० करोड भारु कमाउने अनुमान छ। टिभीमा प्रदर्शन अधिकार ५० करोडमा बिकिसकेको छ। संगित बाट २२ करोड भारु सहित कुल ११२ करोड भारु फिल्मले सुरक्षित गरिसकेको छ।

रणबीर‍-दिपिकाको ‘वाजीराव मस्तानी’ को प्रचार र प्रिन्ट खर्च सहित करिब १६५ करोड भारुको लगानी छ।

यस्तैमा नेपालमा शाहरुखको फिल्मलाई २ करोडमा किनिसकिएको छ। यी दुवै फिल्म भोली रिलिज हुनेछ। रिलिज भएपश्चात अनुमान गरिएको कमाइमा उत्रन्छ , उत्रन्न त्यो भने दर्शककै हातमा छ।

यो पनि पढ्नस।

‘दिलवाले’ को कहानी लिक भयो

शाहरुख र काजोलको फिल्म सर्वाधिक महंगोमा भित्रियो नेपाल

बलिउडका १८ कलाकार: उमरे एकै भएपनि सफलता फरक