७ चैत, एजेन्सी ।

भारतका कमेडियन कपिल शर्माको विवाहको चर्चा एकाएक आएको होइन रहेछ । कपिलले विवाहको खबर योजना अन्तर्गत नै सार्वजनिक गरेको हुन। कपिललाई थाहा थियो कि सुनिल ग्रोवरसंगको हातपातको खबर मिडियामा आए जमेर आफ्नो आलोचना हुनेछ । यसैकारण विमानबाट उत्रे लगतै मुम्बई पुगेका कपिलले सो चर्चा दबाउन फेसबुकमा स्टाटस लेख्दै गिन्नीलाई पत्नी बताउँदै फोटो पोस्ट गरेकोबारे भारतीय मिडियाले नै चर्चा गरिरहेका छन् । 

यो पढ्नुस् : जसलाई कपिल दिपिका भन्दा बढी प्रेम गर्छन्, तोके विवाहको मिति

सामान्यतया प्रेम जीवनबारे मिडियामा नबोल्ने कपिलले सञ्चारकर्मीका प्रश्नहरुको समेत जवाफ दिएका छन् । तर कपिलको यो अस्त्रले आफ्नो प्रभाव देखाउन सकेन । कपिलको आशाअनुसार विवाहको विषयले चर्चा पाउन सकेन ।

हातपातको खबर बाहिर आइसकको थियो, अनि चासो कपिलको विवाह भन्दा कपिल शर्मा शोको टिमका सदस्यहरुसंगै अष्ट्रेलियाबाट दिल्ली उडेको विमान भित्र जे भयो त्यसमा बढ्न थाल्यो।

विमान चालक दलका सदस्यहरुको बयानमा चर्चा गर्दै भारतीय मिडियाले कपिलले विमान भित्र देखाएको व्यवहारको वर्णन गरेको छ।

विमान प्रेवश गर्दा नै तनावको मुद्रामा देखिएका कपिलले पटक पटक ड्रिङ्क्स माग गरेका थिए । कपिलले ४-५ पेग विमान भित्रै पिइसकेका थिए । त्यसपछि आफुभन्दा अगाडी बसेका चन्दन प्रभाकरसंग कुराकानी गर्न चाहे तर दुईबीच कुराकानी हुनसकेन। केही समयपछि चन्दनको सिट अगाडी पुगे, उनले लगाइरहेको हेडफोन निकालिदिएर चिच्याउन थाले ।

कपिलको सिट भन्दा पछाडी बसेका सुनिल ग्रोवर कपिललाई सम्झाउन आए । तर कपिल बस्न मानेनन् । सुनिललाई धक्का दिए । सुनिल चुपचाप आफ्नो सिटमा फर्के ।

कपिलले फेरि ड्रिङ्क्स मागे । कपिलको व्यवहार सुरर देखि नियालिरहेकी सिनियर फ्लाइट अटेन्डेन्टले सीमा भन्दा बढी ड्रिङ्क्स सर्भ नगर्ने बताएर फर्किन । कपिलले बहस गरे तर विमान उनलाई थप रक्सी दिएन ।

केही समयपछि सबै यात्रुले फेरि कपिलको चर्को आवाज सुने । यो पटक कपिल सुनिल ग्रोवरको सिट अगाडी उभिएका थिए । र, सुनिलको कठालो समातेका थिए । ‘तेरो औकात के छ ? आफ्नो शो फ्लप भयो अनि तलुवा चाट्न फर्किस, मैले तलाई बोलाएको थिइन ।’ कपिलले सुनिललाई भनेका यी कठोर शब्दा विमानका अधिकांस यात्रुले स्पष्ट सुनेको भारतीय मिडियाले लेखेका छन्।

यता कपिलको यस्तो अपमानजनक व्यवहार पश्चात सुनिल शोमा फर्कने नफर्कने दोधारमा परेका छन्। कपिलको यस्तो रिस शोका अन्य कलाकार किकु शारदा, अली अजगर, चन्दन प्रभाकर लगायतले भोग्दै आएका छन् । सुनिलले अहिलेसम्म यस घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्।