२० जेठ, एजेन्सी ।

विश्वका कुख्यात आतंककारी र अपराधी ओसामा विन लादेन, दाउद इब्राहिम लगायतका ब्यक्ति अपराधीको सर्ज लिष्टमा पर्नु स्वभाविक हो । तर भारतीय प्रधानमन्त्री पनि यो सूचीमा देखिएपछि भारतमा हंगामा भएको छ ।

Modi on criminal list 1
Modi on criminal list 3

खासमा ट्वीटरमा ह्याशट्याग सहित विश्वका १० कुख्यात अपराधीको सर्च #Top10Criminals ट्रेण्डिङ बनेको थियो । जुन लिष्टमा विश्वका खंखार अपराधीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि देखियो ।

Modi on criminal list 2

खासमा भारतीय प्रधानमन्त्री मोदीमाथि उनी गुजरातको मुख्यमन्त्री हुँदा जातीय दंगालाई उक्साएको आरोप लागेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा मोदीको भूमिका समेत रहेको भन्दै उनलाई कतिपयले उनलाई दोषी मान्ने गरेका छन् ।

मंगलबार विहान ट्वीटरमा चलेको ट्रेण्डिङका क्रममा गुगलमा सर्च हुने टप टेन अपराधीको सूचीमा मोदीको नाम समेत समावेश भएपछि उनका फलोअर भने आगो भए ।

Modi on criminal list

उनका समर्थकहरुले १० अपराधीको सूचीबाट मोदीको नाम हटाउन भन्दै ट्वीटरमा आक्रोश नै पोखेपछि रमाइलो दोहोरी चलेको छ । कतिपयले त गुगललाई भारतमा प्रतिबन्ध लगाउन माग समेत गरेका छन् ।

Modi on criminal list 4

अमेरिकाका ग्याङ्स्टर अल क्यापोन यो सूचीमा एक नम्बरमा रहेको देखिन्छ ।