१९ फागुन, एजेन्सी।

विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरिएको छ। हेन्ली एण्ड पार्टनर्स् भिषा रेस्ट्रिक्सन इन्डेक्सले बुधबार सार्वजनिक गरेको देशको सूचीमा जर्मनी सबैभन्दा शक्तिशाली देखिएको छ।german passport 25984610

विश्वका १७७ देशमा सहज रुपमा आवतजावत गर्न पाइने जर्मनीको पासपोर्ट सबैभन्दा शक्तिशाली बताइएको छ।

पछिल्लो तीन वर्ष यता यो सूचीमा युरोपियन देशको स्थान उच्च रहँदै आएको छ।

१९९ देशलाई, २१८ वटा देशमा आवतजावत गर्न सहज असहजको आधारमा सूचीकृत गरिएको हो। इंटरनेशनल एयर ट्रांसपोर्ट एसोसिएशन(IATA)को डाटाको आधारमा कुन देशको पासपोर्ट शक्तिशाली भनि तय गरिएको छ।

सूचीमा स्वीडेन १७६ देशमा भिषा-फ्रि सहित दोर्सो स्थानमा छ। सन् २०१३ देखि २०१५ सम्म सूचीको सबैभन्दा माथी रहेको युके यो वर्ष फिनल्याण्ड, फ्रान्स, इटली र स्पेन सहित १७५ देशमा भिषा अनुमति भएको पासपोर्टको कारण तेस्रो स्थानमा छ।

२०१५ मा दोस्रो स्थानमा रहेको अमेरिका यो वर्ष चौथोमा झरेको छ। अमेरिका सहित चौथो स्थानमा १७४ देशमा भिषा अनुमति सहित बल्जियम, डेनमार्क र नेदरल्याण्ड छन्।

कम देशमा भिषा अनुमति भएको देशमध्ये १०४ औं स्थानमा अफगानिस्तान रहेको छ। अफगानिस्तानको पासपोर्ट भएका २५ देशमा मात्र आवतजावत गर्न पाउँछन्। त्यस्तै पाकिस्तानको पासपोर्टले केवल २९ देशमा भिषा अनुमति पाउँछ।